सुर्खेतमा एक महिला आफ्नै कोठामा मृत फेला
सुर्खेत । सुर्खेतमा एक महिला आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार वीरेन्द्रनगरको लाटिकोइलीका नविन अधिकारीकी श्रीमती, अन्दाजी २० वर्षीया करिश्मा अधिकारी आइतबार बिहान मृत अवस्थामा फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार उनी आफ्नै कोठाको दराजको ह्यान्डलमा सलले पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
उनका अनुसार, घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धानमा घटना आत्महत्या जस्तो देखिए पनि पोष्टमार्टम रिपोर्ट आइनसकेकोले अहिले नै केही भन्न नसकिने उनले बताए ।
प्रहरीका अनुसार, मृतकका आफन्तले उनको श्रीमान् र परिवारका अन्य सदस्यले आत्महत्या गर्न बाध्य पारेको वा हत्या गरेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।
उनीहरुले सोही व्यहोराको उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण