जस्मिन पेन्ट्सको चाडपर्व योजना : विभिन्न उपहारदेखि जापान भ्रमणसम्म
काठमाडौँ । जस्मिन पेन्ट्सले ‘चाडपर्वको उमङ्ग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग’ ग्राहक उपहार योजना ल्याएको छ ।
आउँदै गरेका चाडपर्वहरूमा थप उमङ्ग र खुसी प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले भदौ १ गतेदेखि आगामी कार्तिक ३० गते सम्मका लागि ग्राहक लक्षित उक्त योजना ल्याएकाे हो ।
सो योजनामा सहभागी हुन ग्राहकहरूले नजिकैको डिलरहरूबाट कम्तीमा ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् ।
साथै, लक्की ड्र मार्फत विभिन्न उपहारहरू प्राप्त गर्न सक्नेछन् । विजेता घोषणाको लक्की ड्र कार्यक्रमकाे प्रत्यक्ष प्रसारण समेत गरिनेछ । उक्त उपहार योजना मार्फत १०८२ जना ग्राहकहरूले विभिन्न उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
जसअन्तर्गत १ जनाले बम्परमा जापान घुम्न पाउने अवसर, ७५ जनाले डिनर सेट , १०५ जनाले जाडोमा न्यानो बनाउने हिटर, १५१ जनाले अईरन र ७५० जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन् ।
सो ग्राहक उपहार योजनाले सम्पूर्ण ग्राहकहरूको मन जित्न सफल रहनेछ पूर्ण विश्वास रहेको कम्पनीले जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरूबाट समेत पुरस्कृत भएको यस कम्पनीले विगत ३१ वर्षदेखि निरन्तर रूपमा ‘नेपाली मनको रङ’ भन्ने स्लोगनका साथ आफ्ना उत्पादनहरू नेपाली ग्राहक समक्ष पुर्याइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण