भारतीय सचिव मिस्रीद्वारा नेपाली सेनालाई विभिन्न सामग्री हस्तान्तरण
सोमबार, ०२ भदौ २०८२, १३ : ३४
सारांश
- भारतीय परराष्ट्र सचिव विक्रम मिस्रीले नेपाली सेनालाई विभिन्न सामग्री हस्तान्तरण गरे।
- हस्तान्तरण समारोहमा लाइट स्ट्राइक वाहन, मेडिकल उपकरण र सैन्य जनावरहरू थिए।
- यो सहयोगले दुई देशको सेनाबीचको सम्बन्ध र सहकार्यलाई दर्शाउँछ।
काठमाडौं । भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले काठमाडौंस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक विशेष समारोहबिच नेपाली सेनालाई विभिन्न सामग्री हस्तान्तरण गरेका छन्।
_QWSW9T5D2D.jpg)
सो अवसरमा मिस्रीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई लाइट स्ट्राइक वाहन, क्रिटिकल केयर मेडिकल उपकरण तथा सैन्य प्रयोजनका जनावर औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
_xCN2sQvTTR.jpg)
यस किसिमको सहयोगले दुई देशका सेनाबीचको घनिष्ठ सम्बन्ध र मजबुत रक्षा सहकार्यलाई प्रतिविम्बित गर्ने जनाइएको छ। परराष्ट्र सचिव मिस्रीका अनुसार, यो साझेदारीले दुवै सेनाबीचको विश्वास र दीर्घकालीन मित्रताको आत्मालाई प्रकट गर्ने कार्य गरेको छ।
नेपाली सेनाले पनि यस सहयोगलाई स्वागत गर्दै भविष्यमा अझै प्रभावकारी सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। सचिव मिश्री आइतबार नेपाल भ्रमणमा आइपुगेका हुन् ।
_OJ9KhJ0ZOw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण