पत्रकार सम्मेलन
तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले मलाई छुरी हान्याे : दुर्गा प्रसाईं
सोमबार, ०२ भदौ २०८२, १५ : २६
सारांश
- दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि भारतबाट गाडी चोरेर जिविकोपार्जन गरेको आरोप लगाए।
- प्रसाईंले चैत १५ गतेको आन्दोलनमा राप्रपाले छुरी हानेको समेत आरोप लगाए।
- प्रसाईंले लिङ्देनलाई बैंक ठग र धोका दिएको आरोप लगाउँदै भारतबाट गाडी चोरेर बेचेको आरोप लगाए।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि भारतबाट गाडी चोरेर जिविकोपार्जन गरेको आरोप लगाएका छन् ।
आइतबार पत्रकार सम्मेलनमार्फत प्रसाईंले लिङ्देनमाथि यस्तो आरोप लगाएका हुन् । गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले मिलेर छुरा हानेको समेत आरोप लगाए ।
‘राप्रपाका राजेन्द्र लिङ्देन दाइलाई म के भन्छु भने–यो त बैंक ठग हो हजुर बैंक ठग हो भन्थे । उसलाई भन्दिनु १५ गते जुन धोका दियौँ । अब जीवनमा तिमीले धोका दिन सक्दैनौँ । तिमी जस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान म होइन । जुन हिसाबकिताबले मलाई बैंक ठग भनेका थियौँ । मलाई १५ गते राप्रपा मिलेर छुरी हानेको छ । म बाँच्न सफल भएको मान्छे’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण