पाल्पामा तीन कम्युनिस्ट पार्टीहरूबिच एकता लागि पहल
बुटवल । पाल्पाका तीन कम्युनिस्ट पार्टीहरूबिच एकताका लागि पहल सुरु भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपाबिच जिल्ला स्तरमा पार्टी एकताका लागि छलफलमा सुरु भएको हो ।
नेपाली प्रगतिशील, साम्यवादी तथा देशभक्त शक्तिहरूबिचको एकता नै क्रान्ति, परिवर्तन र समाजवाद स्थापना गर्ने मुख्य आधार भएको भन्दै पार्टी एकता तथा ऐक्यबद्धताको आह्वान गरिएको बताइएको छ ।
एकताबद्ध जनशक्ति निर्माण गरेर नयाँ नेपालको राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणलाई सफल बनाउनु आजको आवश्यकता रहेको उल्लेख गरिएको छ ।
नेपाली जनताले राजतन्त्र, निरङ्कुशता, अधिनायकवाद र सामन्तवादविरुद्ध ऐतिहासिक सङ्घर्ष गर्दै आएको स्मरण गर्दै अब वर्गीय, सामाजिक, सांस्कृतिक, लैङ्गिक, धार्मिक, भाषिक र क्षेत्रीय समानतामा आधारित समाज निर्माणको चरणमा अघि बढ्नु पर्नेमा जोड दिइएको छ ।
विगतमा भएका आन्दोलन,परिवर्तन र उपलब्धिहरूलाई जनताले सुरक्षित गर्नुपर्ने आवश्यकता औँल्याउँदै अपिलमा प्रगतिशील शक्तिहरूबिचको आपसी समझदारी र सहकार्यलाई अझ मजबुत बनाउन आह्वान गरिएको छ ।
साथै जनताको अपेक्षा पूरा गर्ने गरी सामाजिक न्याय, समानता, लोकतन्त्र र समृद्ध नेपाल निर्माणको साझा लक्ष्यतर्फ अघि बढ्न सबैलाई एकताबद्ध हुन आह्वान गरिएको छ ।
नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र विश्वकर्मा, नेकपा समाजवादीका अध्यक्ष अशोक कुमार शाही र नेकपाका सचिव मीन सीको संयुक्त हस्ताक्षरमा कम्युनिस्ट पार्टीहरू बिच एकताका लागि पाल्पाको आह्वान जारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण