त्रिभुवन विमानस्थलमा यात्रु सहायता कक्ष सञ्चालन
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिएआइए) को आगमन कक्षमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ ।
सोमबार जिल्ला होटल व्यवसायी सङ्घको आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेका हुन् । कार्यक्रममा सांसद नगेन्द्र कुमाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र महाप्रबन्धक हंशराज पाण्डे समेत उपस्थित थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विदेशी तथा स्वदेशी यात्रुलाई सहज वातावरण दिने उद्देश्यले स्थापना गरिएको सहायता कक्षले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले भने, ’नेपाल भित्रिने यात्रुलाई पहिलो छाप विमानस्थलमै पर्छ । यदि उनीहरूले सहज र सकारात्मक अनुभव पाए भने, पुनः नेपाल आउने वातावरण बन्छ ।’
मन्त्री पाण्डेले विमानस्थलका कर्मचारीलाई अन्तर्राष्ट्रिय भाषामा दक्ष बनाउनुपर्ने आवश्यकता औँल्याउँदै होटल, यातायातलगायत सेवा–सुविधा सम्बन्धी जानकारी प्रभावकारी रूपमा दिन सक्नुपर्नेमा जोड दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक हंशराज पाण्डेले निजी क्षेत्रको सहकार्यमा आगमन क्षेत्रमा पिपिपी मोडेलमार्फत बनेको सहायता कक्ष उदाहरणीय रहेको उल्लेख गरे ।
होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष शेरु थापाले यो पहल धेरै वर्षअघिदेखि गरिआएको भए पनि अब आएर मूर्त रूप लिन सकेकोमा सन्तोष व्यक्त गरे ।
त्यस्तै, जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष सुरेश बरालले विमानस्थलको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय बजारमा पर्न जाने भएकाले पर्यटन छवि सुधार्ने उद्देश्यले सङ्घले सहायता कक्ष निर्माण गरेको स्पष्ट पारे ।
कार्यक्रममा मन्त्री पाण्डेले यात्रु सहायता कक्ष सञ्चालक समिति संयोजकलाई सम्पूर्ण अख्तियारीसहित कक्षको साँचो हस्तान्तरणसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण