राजु गोर्खालीकाे अपराध शृङ्खला : २०४९ देखि पक्राउ पर्दै, छुट्दै
सारांश
- गुण्डा नाइके राजु गोर्खाली बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् र उनी अहिले प्रहरी हिरासतमा छन्।
- अदालतले गोर्खालीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ, जसको कारण १० करोडको चेक बाउन्स भएको थियो।
- गोर्खाली यसअघि पनि विभिन्न अपराधमा पक्राउ परेका थिए, जसमा सार्वजनिक अपराध, ज्यान सम्बन्धी कसुर र सरकारी छाप दस्तखत किर्ते मुद्दाहरू छन्।
काठमाडौँ । गुण्डा नाइके राजु गोर्खाली ‘राजेन्द्र’ अहिले भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा छन् । आइतबार चन्द्रागिरी स्थित चोभारबाट पक्राउ परेका गोर्खालीलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
बैंकिङ्ग कसुर मुद्दामा अदालतले ५ दिन अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । गोर्खालीले टिकाराम तिवारीलाई दिएको १० करोडको चेक बाउन्स भएको छ ।
अहिले बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका गोर्खाली उपत्यकाको गुण्डागर्दीमा पुराना हुन् । यसअघि उनी पटक पटक पक्राउ पर्दै र छुट्दै आएका थिए । चाबहिल र सुन्धारा क्षेत्रमा गुण्डागर्दी गर्ने गोर्खाली २०४९ साल पुसमा सार्वजनिक अपराध मुद्दामा पक्राउ परेका थिए । त्यसपछि उनको पक्राउ श्रृङ्खला रोकिएन ।
२०५५ वैशाख र फागुनमा प्रहरीले उनलाई पक्राउ गरेर सार्वजनिक अपराध मुद्दा चलाएको थियो । २०५९ मा प्रहरीले उनलाई ज्यान सम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान गरेको थियो । त्यसबेला बरुण लिम्बुले उनी विरुद्ध जाहेरी दिएका हुन् ।
२०६६ जेठ २० मा प्रहरीले उनलाई सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाएको थियो । २०७४ र २०७५ मा पनि गोर्खाली सञ्चयकोषको स्वामित्वमा रहेको काठमाडौँ मल बाहुबली प्रयोग गरेर ठेक्कामा लिएको र धेरै भाडा उठाउने क्रममा विवाद गरेको आरोपमा पक्राउ परेर छुटेका थिए । ५५ वर्षीय गोर्खाली काठमाडौँ महानगरपालिका वडा नम्बर–७ मा बस्दै आएका छन् ।
अहिले उनको १० करोडको चेकबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
यस्तो छ उनको अपराध शृङ्खला
- २०४९ पुस ७ मा सार्वजनिक अपराध मुद्दा
- २०५५ वैशाख १२ मा सार्वजनिक अपराध मुद्दा
- २०५५ फागुन १२ मा सार्वजनिक अपराध
- २०५९ माघ ४ मा कर्तव्य ज्यान सम्बन्धी कसुर
- २०६६ असार १७ मा सार्वजनिक अपराध
- २०६६ जेठ २० मा सरकारी छाप दस्तखत किर्ते मुद्दा
- २०७४ र २०७५ मा काठमाडौँ मलको भाडा विवादमा पक्राउ
- २०८२ साउन ७ मा बैंकिङ कसुरको मुद्दा दर्ता (भदौ १ मा पक्राउ)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण