नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय नागरिक पक्राउ
बुटवल । रुपन्देही प्रहरीले ठुलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टम्प, होलोग्राम तथा स्टिकरसहित भारतीय नागरिकलाई साेमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, कानपुर नववस्ती बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन् ।
प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलिहिया बसपार्कस्थित होटल मुक्तिनाथमा प्रवेश गर्न लागेकावेला उनलाई पक्राउ गरेकाे हो । उनकाे साथबाट अमिटी युनिभर्सिटी (उत्तर प्रदेश), जवाहरलाल नेहरु टेक्नोलोजी युनिभर्सिटी हैदराबाद, छत्रपति साहुजी महाराज युनिभर्सिटी कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्द्र युनिभर्सिटीलगायतका संस्थाका प्रमाणपत्र, मार्कसिट, प्रोभिजनल प्रमाणपत्र, क्यारेक्टर प्रमाणपत्र, माईग्रेसन सर्टिफिकेटसहित हजारौँ कागजातहरू बरामद गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, उच्च माध्यमिक शिक्षा परिषद् लेखिएका हजारौँ सङ्ख्यामा होलोग्राम, विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका स्टाम्प, स्टिकर र खाली लोगोहरू समेत बरामद गरिएको रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए ।
बरामद अन्य सामानमा एचपी कम्पनीको ल्यापटप, आइफोन, रियलमी मोबाइल, पेन्ड्राइभ, चार्जर, एटीएम कार्ड, १८ हजार ७३० भारतीय रुपैयाँ र ३ हजार २० नेपाली रुपैयाँ नगद समेत रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण