रामेछापको उमाकुण्डमा पुरुष मृत फेला
सोमबार, ०२ भदौ २०८२, २२ : ०८
सारांश
- रामेछापको उमाकुण्ड गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन्।
- मृत फेला पर्नेमा ४० वर्षीय प्रकाश सुनुवार रहेका छन्।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । रामेछापको उमाकुण्ड गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । उमाकुण्ड–६ स्थित खोल्सामा ४० वर्षीय प्रकाश सुनुवार मृत भेटिएका हुन् । सोमबार घर नजिकै खोल्सामा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कौशल न्यौपाने नेतृत्वको टिम घटनास्थलमा पुगेर त्यसबारे अनुसन्धान गरिरहेको छ । घटनास्थल सदरमुकाम मन्थलीबाट ७५ किलोमिटर टाढा पर्छ । घरबाट करिब १ सय मिटर पर सुनुवारको शव भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा अन्तिम दिन १ अर्ब ५८ करोड भुक्तानी, १२ अर्ब ६२ करोड फ्रिज
-
दुई उपसमिति विपक्षीलाई दिएपछि टुङ्गियो लेखा समितिको ‘पावर स्ट्रगल’
-
कस्ता–कस्ता रेकर्ड बनाए एम्बाप्पेले?
-
बाढीले सयौँ विषालु सर्प बगाएपछि....
-
एन्डी बर्नह्याम बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित
-
गोरखापत्र संस्थानद्वारा विभिन्न पदमा दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण