राजस्व चुहावट कसुरमा बुटवलमा दुई जनाविरुद्ध मुद्दा दायर
सारांश
- राजस्व अनुसन्धान विभागले बुटवलमार्फत सुन तस्करीमा संलग्न दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ।
- भारतीय नागरिक र एक नेपाली नागरिकविरुद्ध २ करोड ६२ लाख बिगो दाबीसहित मुद्दा दायर गरिएको छ।
- उनीहरूले सुनका गहनाको अवैध कारोबार गरेको र राजस्व छली गरेको आरोप लागेको छ।
बुटवल। राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत राजस्व चुहावटसम्बन्धी कसुरमा दुईजना विरुद्ध मुद्दा दायर गरेको छ । सोमबार एक भारतीय र एक नेपाली गरि दुईजनाविरुद्ध सुन तस्करीको अभियोगमा रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएकाे हो ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी दुई करोड ६२ लाख बिगो दाबी सहित मुद्दा दायर गरिएको हो । भारतको पन्जाब अमृतशहरका कुलदिप सिंह र रुपन्देही, तिलोत्तमा-१६ कोटीहवा बस्ने रामबहादुर बिक विरुद्ध मुद्दा दायर गरिएको हो । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २० (६) बमोजिम अभियोग पत्र दायर गरिएको घिमिरेले जनाएका छन् ।
प्रतिवादीहरूले सुनका गरगहनाको खरिद स्रोत, बिलबिजक तथा भन्सार प्रज्ञापन पत्रलगायतका कागज प्रमाण नभएका भन्सार चोरी पैठारी गरेका सुनका गरगहनाहरूको कारोबार गरेको अभियोग छ । उनीहरूले भन्सार महसुल तथा कारोबार लुकाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरेको जनाइएको छ । प्रतिवादीहरू सिंह र बिकको संयुक्त मिलेमतोमा गरेको राजस्व चुहावटको प्रकृति, गाम्भिर्यता तथा राजस्व चुहावट भएको रकम समेतलाई मध्यनजर राखी बिगोसहित कारबाहीको माग गरिएको छ।
भन्सार चोरी पैठारीतर्फको मुख्य अभियुक्त सिंहको एक करोड पाँच लाख आठ हजार चार सय ११ रुपैयाँ ३० पैसा बिगो कायम गरी बिगो जफत गरी बिगोको शतप्रतिशत जरिवाना र हदैसम्मको कैद सजायको माग दाबी गरिएको छ । त्यस्तै, मतियारको रूपमा बिकलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय ५२ लाख ५४ हजार २ सय ६ रुपैयाँ कायम गरी सजाय र जरिवाना स्वरूप दुई करोड ६२ लाख ७१ हजार २९ माग दाबी लिई रुपन्देही जिल्ला अदालत अभियोग पत्र दायर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण