ट्रम्प-जेलेन्स्की वार्ता
युक्रेन तीन पक्षीय वार्ताका लागि तयार छ : जेलेन्स्की
सोमबार, ०२ भदौ २०८२, २३ : ३७
सारांश
- युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि ट्रम्प र पुटिनसँग वार्तामा बस्न तयार रहेको बताए।
- जेलेन्स्कीले वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै तीन पक्षीय वार्ताको प्रस्ताव राखे।
- उनले यस्तो वार्ताले युद्धको समाधान खोज्न र पीडित नागरिकलाई राहत दिन सक्ने बताए।
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्यका प्रयासका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन पक्षीय वार्तामा सहभागी हुन तयार रहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ताका लागि वासिङ्टन पुगेका जेलेन्स्कीले व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भने, “हामी तीन पक्षीय वार्ताका लागि तयार छौँ।” उनका अनुसार, यस्तो वार्ता युक्रेन–रुस युद्धको समाधान खोज्न महत्त्वपूर्ण अवसर प्रदान गर्न सक्छ र यसले सङ्घर्षबाट पीडित नागरिकहरूलाई राहत दिन सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण