ट्रम्प-जेलेन्स्की वार्ता
ट्रम्पसँगको वार्ता सकारात्मक भएको जेलेन्स्कीको भनाइ
मङ्गलबार, ०३ भदौ २०८२, ०५ : ३६
सारांश
- युक्रेनी राष्ट्रपति जेलेन्स्की र ट्रम्पबीचको भेटवार्ता सकारात्मक रह्यो।
- जेलेन्स्कीले युक्रेनका लागि सुरक्षा प्रत्याभूतिबारे छलफल गरेको बताए।
- उनले युद्ध अन्त्यका लागि पुटिनसँग जुनसुकै स्वरूपको बैठक गर्न तयार रहेको जनाए।
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ता सकारात्मक भएको बताएका छन्।
ट्रम्पसँग वार्ता पछि ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले भने, “वार्ता राम्रो र सामान्य भयो।” उनका अनुसार, बैठकमा उनले ट्रम्प र युरोपेली नेताहरूसँग मिलेर युक्रेनका लागि सुरक्षा प्रत्याभूतिबारे छलफल गरेका थिए।
जेलेन्स्कीले ट्रम्पबाट युक्रेन पनि यस्ता सुरक्षा प्रत्याभूतिमा समावेश हुने महत्त्वपूर्ण सङ्केत प्राप्त गरेको बताए। उनले युद्ध अन्त्यका लागि पुटिनसँग जुनसुकै स्वरूपको बैठक गर्न युक्रेन तयार रहेको पनि स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण