बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नाटकीय पतनसँगै अस्ट्रेलिया पराजित

मङ्गलबार, ०३ भदौ २०८२, १७ : १८
मङ्गलबार, ०३ भदौ २०८२

सारांश

  • केशव महाराजको उत्कृष्ट बलिङ प्रदर्शनले अस्ट्रेलिया दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीयमा ९८ रनले पराजित भयो।
  • अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्सले सर्वाधिक ८८ रन बनाए पनि अन्य ब्याट्सम्यानको प्रदर्शन कमजोर रह्यो।
  • दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै २९६ रन बनायो, जसमा एडन मार्क्रमको ८२ रनको योगदान रह्यो।

केर्न्स । केशव महाराजले मध्यक्रम ध्वस्त बनाएपछि अस्ट्रेलिया दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीयमा ९८ रनले पराजित भएको छ । २ सय ९७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४०.५ ओभरमा १ सय ९८ रनमा अलआउट हुन पुगेको हो ।

ट्राभिस हेड र कप्तान मिचेल मार्सले अस्ट्रेलियालाई राम्रो सुरुवात दिएका थिए । तर, २७ रन बनाएर आठौँ ओभरमा हेड आउट भएपछि अस्ट्रेलियाको पतन सुरु भयो ।

केशव महाराजले मध्यक्रमका ५ जना खेलाडीलाई लगातार पभेलियन फर्काए । मार्नस लाबुसेन (१ रन), क्यामरुन ग्रिन (३ रन), जोस इंग्लिस (५ रन), एलेक्स केरी (० रन) तथा एरोन हार्डी (४ रन) बनाउँदै आउट भए । उनले १० ओभरमा मात्र ३३ रन खर्चिए ।

अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्सले ८८ रन बनाउँदै टोलीलाई लज्जास्पद हारबाट जोगाए । बेन ड्वारिससले ३३ रन तथा नाथान एलिसले १४ रन जोडे । दक्षिण अफ्रिकाका लागि नान्र्ड बर्गर र लुंगी एनगिडीले २–२ विकेट तथा प्रेनेलान सुब्रायनले १ विकेट हात पारे ।

यसअघि, तीन खेलाडीको अर्धशतकको मद्दतले दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९६ रन बनाएको थियो । टोलीका लागि ऐडन मार्क्रमले सर्वाधिक ८२ रन बनाए । कप्तान तेम्बा बाभुमाले ६५ रन तथा म्याथ्यु ब्रेटज्कीले ५७ रन जोडे ।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले ४ विकेट लिए भने बेन ड्वारिससले २ तथा एडम जाम्पाले एक विकेट हात पारे । 

जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । अब दोस्रो खेल शुक्रबार हुनेछ । यसअघि, अस्ट्रेलियाले टी–२० शृङ्खला २–१ ले जितेको थियो ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप