उपेन्द्र यादवको प्रश्न–दरबार हत्या र दासढुङ्गा काण्ड कसले गरायो ?
सारांश
- उपेन्द्र यादवले दरबार हत्याकाण्ड र दासढुङ्गा काण्डबारे प्रश्न उठाएका छन्, जसको जवाफ अझै आएको छैन।
- गौर नरसंहारमा आफ्नो कुनै संलग्नता नरहेको र उक्त घटनाको अनुसन्धान भइसकेको यादवको भनाइ छ।
- सर्वोच्च अदालतले गौर नरसंहारको छानबिन अघि बढाउन आदेश दिएको थियो, जसमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए।
काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दरबार हत्याकाण्ड कसले गरायो ? भन्दै प्रश्न गरेका छन् । नेपालका कतिपय घटनाहरू रहस्यमय तरिकाले भएको उनको भनाइ छ ।
दरबार हत्या काण्ड, दासढुङ्गा काण्ड कसले गरायो ? भन्ने प्रश्न अझै अनुत्तरित रहेको उनको भनाइ छ । देशको राष्ट्रप्रमुख, दरबारको सुरक्षामाभित्र दरबार हत्या काण्ड कसरी भयो ? जनताले जान्न चाहेको उनले बताए ।
नेपालमा कसैले सोच्दै नसोचेको र चिताउँदै नचिताएका घटनाहरू हुने गरेको उनले बताए । अध्यक्ष यादवले अनुमानको आधारमा कसैले कसैमाथि आरोप लगाउन नहुने बताए । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारमा आफ्नो कुनै संलग्नता नरहेको उनको भनाई छ ।
उनले सो घटनाको अनुसन्धान भइसकेको पनि दाबी गरे । एउटा होइन, चार/चार वटा संस्थाले अनुसन्धान गरेको उनले बताए । राष्ट्रसंघीय संस्थाहरूले समेत आएर अनुसन्धान गरेर प्रतिवेदन दिएको उनले जानकारी दिए ।
गौरमा माओवादीका छापामारले आक्रमण गर्दा आफ्ना पार्टीका मान्छेहरू त्यहाँ नरहेको उनको दाबी छ । त्यहाँ बिसौँ हजार गाउँका जनता मात्रै भएको उनले बताए । त्यसबेला माओवादीहरूप्रति जनता आक्रोशित भएकोले पनि उक्त घटना भएको हुनसक्ने अध्यक्ष यादवले बताए ।
माओवादीले अपहरण गर्ने, फिरौती माग्ने जस्ता कार्यहरू गर्ने गरेका कारण त्यसको रियाक्सनको रूपमा उक्त घटना भएको हुनसक्ने उनले बताए । अध्यक्ष यादवले उक्त घटनाको ओएचसिआर, मानवअधिकार आयोग र स्वयं न्यायिक अनुसन्धान भएको बताए ।
पाटनको पुनरावेदन अदालतका मुख्य न्यायाधीशको संयोजकत्वमा बनेको न्यायिक छानबिन आयोगले पनि छानबिन गरेर त्यो कुराको पुष्टि गरेको उनको दाबी छ । राजनीतिमा प्रतिसोध साँध्ने, कुनै मुद्दालाई दबाउने कुराको लागि प्रयोग गर्ने हो भने त्यो बेग्लै कुरा भएको उनले बताए ।
गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो ।
२०६३ को चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाउँ कार्यक्रम आयोजना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण