दीपेन्द्रको कप्तानी, सोमपालको शानदार बलिङ : नेपालको लगातार दोस्रो जित
सारांश
- अस्ट्रेलियामा जारी टप एण्ड टी-२० शृङ्खलामा नेपालले मेलबर्न रेनेगड्स एकाडेमीलाई ३३ रनले पराजित गर्यो।
- नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट लिए।
- खेलमा पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १३९ रन बनायो, र दीपेन्द्र सिंह ऐरीले कप्तानी गरे।
काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० शृङ्खलामा बुधबार भएको खेलमा नेपालले मेलबर्न रेनेगड्स एकाडेमीलाई ३३ रनले पराजित गरेको छ । ५ खेलमा नेपालको यो लगातार दोस्रो जित हो ।
१ सय ४० रनको लक्ष्य पछ्याएको मेलबर्नले २० ओभरमा सबै विकेटको क्षतिमा १ सय ६ रन मात्र बनाउन सक्यो । नेपालले तेस्रो ओभरमा नै ओपनर डायलन ब्रासरलाई आउट गरेको थियो ।
उनले मात्र २ रन बनाउन सके । अर्का ओपनर ह्यारी डिक्सन पनि १५ बलमा १६ रन बनाएर पभेलियन फर्किए ।कप्तान विल सथरल्याण्डले पनि ६ रन मात्र बनाउन सके । ओलिभर पिक रुपेस सिंहको बलमा क्याक आउट हुँदा १४ रन बनाएका थिए ।
१६ औँ ओभरमा नेपालका लागि सुखद रह्यो । पहिलो बलमा १८ रन बनाएका जई लेमिर रन आउट हुने पुगे । त्यसपछि पाँचौँ बलमा २२ बलमा २६ रन बनाएका अर्जुन नायरलाई सोमपाल कामीले बोल्ड गरे । अर्को बलमा उनले फर्गुस ओ निललाई पनि एलबीडब्लूको धरापमा पार्दै पभेलियन फर्काए ।
१८ औँ ओभरमा कुशल भुर्तेलले ४ रन बनाएका लाचलान ब्याङ्ग्सलाई आउट गरे । अन्तिम ओभरमा सोमपालले ह्यारी होएक्सट्रालाई आउट गर्दै चौथो विकेट लिए । ह्यारीले १० बलमा ११ रन जोडे । उनले अन्तिम बलमा क्यालम स्टोलाई आउट गर्दै फाइफर पूरा गरे ।
नेपालका लागि सोमपालले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट तथा सहाब आलम र रुपेश सिंहले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । दीपेन्द्र सिंह ऐरीको कप्तानमा मैदानमा उत्रेको नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
तर, नेपालको सुरुवात राम्रो हुन सकेन । दोस्रो ओभरमा नै १ रन बनाएर कुशल भुर्तेल पभेलियन फर्किए । चौथो ओभरमा आरिफ शेख १२ रन बनाउँदै फर्गुस ओनिलको बलमा क्याचआउट हुन पुगे । लगत्तै ओपनिङमा आएका भीम सार्की पनि आउट भए । उनले १२ बलमा १७ बनाउँदा २ चौका प्रहार गरे ।
त्यसपछि, कुशल मल्ल र कप्तान ऐरीले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरे । मल्ल १२ औँ ओभरमा २२ बलमा २९ रन बनाउँदै लाचलान ब्याङ्सको शिकार बने । उनले १ चौका र १ छक्का प्रहार गरे ।
गुल्सन झा र सोमपाल कामी लामो टिक्न सकेनन् । उनीहरु क्रमशः २ र शून्य रन बनाउँदै पभेलियन फर्किए । नेपालको स्कोर १ सय रन पुग्ने बित्तिकै कप्तान ऐरी पनि आउट हुन पुगे । उनले २८ बलमा २७ रन जोडे । उनले २ चौका प्रहार गरे ।
खेलको अन्त्यतिर लोकेश बमले तीव्र गतिमा रन बनाउँदै १६ बलमा २४ रनको योगदान दिए । उनले १ चौका र २ छक्का हिर्काए । रुपेश सिंहले १६ रन जोडे ।
मेलबर्नका लागि माइकल र्आचर, फर्गुस ओ निल, क्यालम स्टो र लाचलान ब्याङग्सले २–२ विकेट लिए ।
नेपालले हालसम्म खेलिएका ४ खेलमध्ये एक खेलमा जित र ३ खेलमा हार बेहोरेको छ । मंगलबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो ।
योसँगै नेपालको तीन खेलको हारको शृङ्खला रोकिएको थियो । नेपाल पहिलो खेलमा अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा टोली बंगलादेश ए सँग ३२ रनले स्तब्ध बन्यो भने पछिल्लो खेलमा मेलबर्न स्टार्स एकाडेमीसँग ३१ रनले हार्न पुगेको थियो ।
अब नेपालले अन्तिम खेल अगस्त २२ तारिखमा पाकिस्तान शाहिन्सविरुद्ध खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण