नागरिक उन्मुक्तिको संसदीय दलको नेतामा श्रेष्ठ
सारांश
- नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेता चयन गरेको जानकारी संसद् सचिवालयलाई गरायो।
- सभामुखलाई पत्र लेख्दै श्रेष्ठले आफू दलको नेता रहेको जानकारी गराएकी हुन्।
- पार्टीले गङ्गाराम चौधरीलाई पार्टीको हित विपरीत काम गरेको भन्दै कारबाही गरेको छ।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहेको जानकारी सङ्घीय संसद् सचिवालयलाई गराएको छ ।
सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् ।
चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ ।
श्रेष्ठले संसदीय दलको नेता हेरफेर सम्बन्धमा शीर्षकमा लेखेको पत्रमा लेखिएको छ, ‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनु भएका मा. गङ्गाराम चौधरीलाई पार्टीको हित विपरीत कार्य गरे उपर पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएकोमा तथ्यपरक एवम् सन्तोषजनक जवाफ प्राप्त नभएको हुँदा निज मा. गङ्गाराम चौधरी पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी मिति २०८२।०४।३० गते कारबाही गरेको हुँदा तहाँ यस पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोमा यस नागरिक उन्मुक्ति पार्टीको निर्णय अनुसार पार्टी अध्यक्ष स्वयमले संसदीय दलको नेताको भूमिका समेत निर्वाह गर्ने व्यहोरा जानकारी गराइन्छ ।’
पत्रमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अभिलेखीकरण गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण