चट्याङ लागेर मृत्यु भएका ब्लोनको परिवारलाई एक लाख रुपैयाँ दिइने
सारांश
- बागमती प्रदेश सरकारले चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ।
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका-६, दैलीडाँडाका विशाल ब्लोनको परिवारलाई उक्त सहयोग दिने बताए।
- घाइतेहरूको उपचारको लागि स्थानीय तहसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन मुख्यमन्त्रीले निर्देशन दिएका छन्।
मकवानपुर । बागमती प्रदेश सरकारले चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको हो ।
मुख्यमन्त्री बानियाँका अनुसार मंगलबार चट्याङ लागेर मृत्यु भएका मनहरी गाउँपालिका–६, दैलीडाँडाका विशाल ब्लोनको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जनाएका हुन् । प्रदेश विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने गरी निर्णय प्रक्रिया अघि बढाउन मुख्यमन्त्री बानियाँले निर्देशन समेत दिएका छन् ।
प्रदेशका प्रमुख सचिव भुपाल बराललाई चट्याङ लागेर मृत्यु भएका ब्लोनको परिवारलाई उक्त रकम उपलब्ध गराउन प्रक्रिया परा गर्न मुख्यमन्त्री बानियाँले निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री बानियाँले सो घटनामा घाइते भएकाहरूको सहज उपचारको लागि स्थानीय तहको समन्वय गरेर आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन दिएको बताए ।
‘विपद्बाट आहत भएका नागरिकको साथमा प्रदेश सरकार सदैव रहन्छ । सोही अनुसार मंगलबार चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउन निर्देशन दिइएको हो ।’ उनले भने, ‘सो घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ ।गाउँपालिकाले निःशुल्क उपचारको प्रबन्ध गरेको छ । यदि गाउँपालिकालाई खर्च व्यहोर्न समस्या देखियो भने प्रदेश सरकारले व्यवस्थापनको काम गर्ने गरी प्रक्रिया मिलाउन निर्देशन दिएको छु ।’
मुख्यमन्त्री बानियाँको निर्देशन अनुसार सचिव बरालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् महाशाखा प्रमुख सुरेश खनाललाई आवश्यक कानुनी व्यवस्था अनुसार प्रक्रिया पुरा गर्न र विपद् व्यवस्थापन परिषद् तथा विपद् व्यवस्थापन कार्यकारी परिषद्को बैठक आह्वान गर्ने एजेण्डा तयार गर्न निर्देशन गरेका छन् ।
मंगलबार दिउँसो ४ बजेर २० मिनेटको समयमा चट्याङ लागेर मनहरी–६, दैलीडाँडाका ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको थियो ।
सो घटनामा अन्य ७ जना घाइते भएका थिए । घाइते हुनेमा १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेम बहादुर घलान, ३७ वर्षीय राजकुमार घलान, ४७ वर्षीय पान बहादुर मोक्तान रहेका छन् । उनीहरूको उपचार कार्य जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण