रौतहटमा छुरा प्रहार हुँदा एक जनाको मृत्यु
बुधबार, ०४ भदौ २०८२, १६ : ४५
रौतहट । रौतहटमा बुधबार दिउँसो एक युवकमाथि छुरा प्रहार गरिएको छ ।
गौर नगरपालिका वडा नम्बर ५ स्थित गौरीशंकर क्याम्पस नजिक युवकमाथि छुरा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार छुरा प्रहारबाट एक जनाकाे मृत्यु भएकाे छ । यद्यपि मृतककाे पहिचान खुलेको छैन ।
गौर नगरपालिका वडा नम्बर ३ का २० वर्षीय युवक सनोज रामले आफ्नै साथीमाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डिएसपी) राजु कार्कीले बताए । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण