अतिगरिब परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्न नयाँ कार्यविधि, केके चाहिन्छ कागजात ?
सारांश
- स्वास्थ्य बीमा बोर्डले अतिगरिब परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन कार्यविधि स्वीकृत गरेको छ।
- बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार नयाँ कार्यविधि बनाएको हो, जसले अतिगरिबलाई समेट्नेछ।
- भूमि व्यवस्था मन्त्रालयले गरिब परिचयपत्र दिएका परिवारलाई स्वास्थ्य बीमामा स्वतः आबद्ध गरिनेछ।
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अतिगरिब परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन नयाँ कार्यविधि स्वीकृत गरेको छ ।
बोर्ड बैठकले ‘स्वास्थ्य बीमा कार्यक्रममा अतिगरिब घरधुरी आबद्ध गर्ने सम्बन्धी कार्यविधि, २०८२’ लाई स्वीकृत गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गर्दै यसको सुरुवात गरेका हुन् ।
यो नयाँ कार्यविधि स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ४१ बमोजिम बनाइएको हो । अतिगरिब भनी पहिचान गरिएका घरधुरीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने प्रक्रियालाई सरल र व्यवस्थित बनाउने लक्ष्य राखेको बोर्डका सूचना अधिकारी विकेश मल्लले बताए ।
नयाँ कार्यविधिअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘अति गरिब’ भनी वर्गीकरण गरी (गरिब परिचयपत्र) प्रदान गरेका परिवारहरूलाई स्वास्थ्य बीमामा स्वतः आबद्ध गरिने भएको छ । पहिचान भएका परिवारलाई एउटा इकाइ मानेर कार्यक्रममा आबद्ध गराइनेछ ।
केके चाहिन्छ कागजात ?
राज्य सुविधा परिचयपत्र (गरिब परिचयपत्र)
नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र
नाबालकको हकमा नाबालक परिचयपत्र
स्थानीय तहको स्वास्थ्य बीमा संयोजन समिति र दर्ता अधिकारीहरूले यस प्रक्रियामा सहजीकरण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण