एनआरएनए निर्वाचन: ५६ देशबाट ४ हजार ६५९ प्रतिनिधिको नाम दर्ता
सारांश
- एनआरएनएको १२औँ महाधिवेशन तथा निर्वाचनका लागि प्रतिनिधि दर्ता प्रक्रिया सम्पन्न भएको छ।
- ५६ देशबाट ४ हजार ६५९ जनाले एपमार्फत नाम दर्ता गराएका छन्, जसमध्ये ३४०० जनाले मतदानमा भाग लिनेछन्।
- आगामी अक्टोबर ११ देखि १३ सम्म काठमाडौँमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
काठमाडौँ । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने भनिएको १२औँ महाधिवेशन तथा निर्वाचनका लागि प्रतिनिधि (मतदाता) दर्ता प्रक्रिया सम्पन्न भएको छ।
संघका उपाध्यक्ष डा. हेमराज शर्माले ५६ देशबाट ४ हजार ६५९ जनाले स्मार्ट एनआरएनए एपमार्फत आफ्नो नाम दर्ता गराएको बताए। दर्ता भएका नामावलीलाई राष्ट्रिय समितिहरूले प्रमाणीकरण गरेपछि अन्तिम रूप दिइने उनको भनाइ छ ।
संघको विधानअनुसार महाधिवेशनमा वर्तमान कार्यसमिति, पूर्वपदाधिकारी, सल्लाहकार तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का वर्तमान र पूर्व सदस्यहरू प्रतिनिधि बन्न पाउने व्यवस्था छ। प्रमाणीकरणपछि करिब ३ हजार ४०० प्रतिनिधिलाई मात्र मतदानमा सहभागी गराइने जनाइएको छ।
डा. शर्माका अनुसार प्राप्त आवेदनमध्ये आइसिसी र एनसीसीमा विगतमा एक कार्यकाल काम गरेका व्यक्तिहरूको पहिचान गरी आइसिसीले नामावली एनसीसीलाई पठाउनेछ र एनसीसीले सो सूचीलाई अन्तिम रूप दिनेछ।
संघको १२औँ महाधिवेशन आगामी अक्टोबर ११ देखि १३ तारिखसम्म काठमाडौँमा हुने विश्व सम्मेलन तथा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने गरी तय गरिएको छ। यसअघि संघले अधिवक्ता डा. राजेन्द्र घिमिरे प्रमुख आयुक्त रहने गरी चिरन्जीवी ढकाल, टिबी कार्की, प्रीतम श्रेष्ठ, रजनी प्रधान, होमनाथ पाण्डे र प्रकाश सापकोटा आयुक्त रहेको निर्वाचन समिति गठन गरिसकेको छ।
अनलाइन मार्फत हुने निर्वाचनमा कानुनी सल्लाहकारको भूमिकामा अधिवक्ता मुकुन्द नेउपाने रहनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण