बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

बिहीबार, ०५ भदौ २०८२, १० : ५५
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
  • छापावाल सुन तोलामा १३०० रुपैयाँले वृद्धि भई १ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्य पनि बढेर तोलामा २ हजार २९० रुपैयाँ पुगेको छ।

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा १३०० रुपैयाँ वृद्धि भएको हो । 

जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै बुधबार सोही सुन तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम थियो । 

यसैबिच चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार २९० रुपैयाँ पुगेको महासंघको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप