ललितपुर महानगरले निःशुल्क सफ्टवेयर विकास तालिम दिँदै, १५ जनालाई अवसर
बिहीबार, ०५ भदौ २०८२, १५ : १८
काठमाडौँ । ललितपुर महानगरपालिकाले सूचना तथा प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आठ महिने निःशुल्क 'वेब बेस्ड सफ्टवेयर डेभलपमेन्ट’ तालिम दिने भएको छ ।
भक्तपुरको चौगुनारायण फाउन्डेसनसँगको सहकार्यमा आयोजना हुन लागेको तालिमले युवाहरूलाई स्वदेशमै रोजगारी र स्वरोजगारका लागि सक्षम बनाउने लक्ष्य राखिएको छ ।
महानगरपालिकाले बिहीबार एक सूचना प्रकाशित गरी महानगर क्षेत्रभित्र बसोबास गर्ने १८ वर्ष उमेर पूरा भएका इच्छुक नागरिकहरूबाट आवेदन आह्वान गरेको हो । आठ महिने तालिममा सहभागी हुनका लागि आवेदक कम्तीमा स्नातक तहको तेस्रो सेमेस्टरमा अध्ययनरत हुनुपर्नेछ ।
तालिमको विषय वेब बेस्ड सफ्टवेयर डेभलपमेन्ट हुनेछ । यसका लागि १५ जना प्रशिक्षार्थीले अवसर पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण