श्रोतालाई नवलको आश
शुक्रबार, ३० असार २०७४, १३ : ०८
काठमाडौं – गायक नवल राईले एल्बम ‘आश’ ल्याएका छन् । तिमीलाई देखेपछि, तिमी विना, ताराविना जुन, कस्तो प्रेम, ओ मेरी प्रिया, सिटी बनाउन बोलका ६ गीत रहेको एल्बम एक कार्यक्रममा बीच संगीतकार भुपेन्द्र रायमाझी र शान्तिराम राईले संयुक्त विमोचन गरे ।
कार्यक्रममा एल्बमको समिक्षा गर्दै प्राज्ञ संगीतकार शान्तिराम राईले नवलको गायन कलामा शंका नभएको बताए ।
एल्बममा गायक राईलाई एउटा गीतमा गायिका पुजा सुनुवारले स्वरमा साथ दिएका छन् । एल्बमका ६ मध्ये तीन वटा गीत नवल आफैंले रचना गरेका छन भने तीन वटै गीतमा संगीत पनि भरेका छन ।
उमेर लम्साल, सनम पुरुषको समेत शब्द रहेको एल्बममा बाँकी तीनवटा गीतमा ओमप्रकाश राईको संगीत समेटिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण