मधेस प्रदेशमा लगानी सम्मेलनबारे छलफल
सारांश
- मधेस प्रदेश सरकारले लगानी सम्मेलनको तयारी सुरु गरेको छ।
- सम्मेलनको मुख्य उद्देश्य भनेको लगानीकर्तालाई आकर्षित गर्दै विकास र रोजगारी सिर्जना गर्नु हो।
- कृषि, उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार लगायतका क्षेत्रमा लगानीका अवसरहरू प्रस्तुत गरिनेछन्।
जनकपुर । मधेस प्रदेश सरकारले लगानी सम्मेलनका तयारी अघि बढाएको छ । जनकपुरधाममा बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा, नीति आयोगका सदस्य राजकुमार सिंह, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार अशोक वैधलगायतको उपस्थितिमा छलफल भएको हो ।
सम्मेलनको मुख्य उद्देश्य प्रदेशका धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र प्राकृतिक स्रोतको परिचय गराउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने, सहकार्य र साझेदारीमा विकासलाई अघि बढाउने, रोजगारी सिर्जना गर्ने र प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी गन्तव्यको रूपमा स्थापित गर्नु रहेको आर्थिक सल्लाहकार वैधले जानकारी दिए ।
सम्मेलनमार्फत कृषि, उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रका लगानी अवसर प्रस्तुत गरिने तयारी छ । यस्तै, प्रदेशमा आन्तरिक तथा बाह्य लगानी आकर्षित भई स्थानीय युवाका लागि रोजगारी सिर्जना हुने, धार्मिक–सांस्कृतिक सम्पदा संरक्षणसँगै पर्यटन प्रवर्द्धन हुने, कृषि तथा उद्योगमा उत्पादकत्व वृद्धि हुने र आर्थिक आत्मनिर्भरता मजबुत हुने अपेक्षा गरिएको छ ।
प्रदेश सरकारका अनुसार लगानी सम्मेलन मधेस प्रदेशको दिगो आर्थिक विकास, सामाजिक समृद्धि र सांस्कृतिक संरक्षणका लागि एक महत्त्वपूर्ण अवसर हुनेछ । यसका लागि प्रदेश सरकार, निजी क्षेत्र, सङ्घीय सरकार र अन्तर्राष्ट्रिय विकास साझेदार बिच सहकार्यमा कार्यक्रमलाई सफल बनाउने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण