शुक्रबार कस्तो छ नदीहरूको अवस्था ?
सारांश
- मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेको छ, जसले देशभर सामान्य बदली गराएको छ।
- गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
- बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी लगायतका नदीमा बहाव सतर्कता तहभन्दा तल छ।
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। यसले देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी प्रदेशको थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
शुक्रबार सिन्धुपाल्चोक, धादिङ, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, अर्घाखाँची, रुकुम पश्चिम, रुकुम पूर्व, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
साथै ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुंगा, खोटाङ, दोलखा, नुवाकोट, रसुवा, रामेछाप, काठमाडौँ, ललितपुर, भक्तपुर काभ्रेपलान्चोक, तनहुँ, बाग्लुङ, गोरखा, पर्वत, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, जाजरकोट, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, बाजुरा, हुम्ला, डोल्पा, बझाङ, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण