प्रतिनिधिसभा बैठक भदौ १३ गते बस्नेगरी स्थगित
सारांश
- प्रतिनिधिसभाको बैठक भदौ १३ गतेसम्मका लागि स्थगित भएको छ।
- शुक्रबारको बैठकमा विद्यालय शिक्षा विधेयक र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेस गरियो।
- विधेयकमा नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाले फरक मत राखेका थिए।
काठमाडौँ । प्रतिनिधिसभा बैठक अब भदौ १३ गते(आगामी शुक्रबार) मात्रै बस्ने भएको छ । आज बसेको बैठकपछि सभामुख देवराज घिमिरेले भदौ १३ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा फरक मतसहित संसदीय समितिले पास गरेका विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ पेस भए ।
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बिहीबार फरकमतसहित पारित ‘विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ समिति सभापति अमरबहादुर थापाले पेस गरे । समितिले प्रतिवेदन पारित गर्ने बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका छन् ।
त्यस्तै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन’ पेस गरिन् । विधेयकमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले फरक मत राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण