राष्ट्रियसभा बैठक
नागरिकता संशोधन विधेयक राष्ट्रियसभाबाट पारित
शुक्रबार, ०६ भदौ २०८२, १६ : ४६
सारांश
- राष्ट्रियसभाले 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१' सर्वसम्मतिले पारित गर्यो।
- गृहमन्त्री रमेश लेखकले विधेयक पारित गर्ने प्रस्ताव पेश गरेका थिए।
- विधेयकमा आमाको नामबाट पनि नागरिकता प्राप्त गर्ने व्यवस्था छ।
काठमाडौँ । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखकले सभाअन्तर्गतको विधायन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ पारित गर्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।
निर्णयार्थ पेस हुनुअघि विधेयकमाथि भएको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको गृहमन्त्री लेखकले जवाफ दिएका थिए । गृहमन्त्री लेखकले संसद्ले विधेयकलाई उन्नत, व्यवहारिक, पारदर्शी बनाएको बताए ।
विधेयकमा आमाको नामबाट पनि छोराछोरीले नागरिकता प्राप्त गर्ने व्यवस्था राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण