मेयर सिंहका कारण काम गर्न सकिएन : प्रजिअ अर्याल
सारांश
- पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगञ्ज महानगरपालिकाका मेयरसँगको विवादका कारण सरुवा भएको आरोप लगाए।
- उनका अनुसार मेयर राजेशमान सिंहले हरेक काममा दोहोरो भूमिका निर्वाह गरेको र सामाजिक सद्भाव बिग्रने अवस्था आएको थियो।
- अर्यालले आफ्नो १० महिने कार्यकालमा नागरिकको सेवामा कुनै कसर बाँकी नराखेको दाबी गरे।
वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगञ्ज महानगरपालिकाका मेयरसँगको ‘टसल’का कारण आफूले सरुवा गराएको बताएका छन् । गृह मन्त्रालयले सरुवा गरेपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा सिडिओ अर्यालले यस्तो जिकिर गरेका हुन् ।
उनका अनुसार पछिल्लो समय महानगरका मेयर राजेशमान सिंहले हरेक काममा दोहोरो भूमिका निर्वाह गरिरहेका थिए । उनले भने, ‘महानगरको मेयर र जिल्ला प्रशासनबिच एउटा सहमति हुन्थ्यो, तर पछि महानगरले आफ्नो स्वार्थ अनुसार अर्को निर्णय गर्थ्यो । जस कारण वीरगन्जको सामाजिक सद्भाव नै बिग्रने अवस्थामा पुग्थ्यो । यसका कारण काम गर्न एकदम कठिनाइ हुन थालेको थियो ।’
महानगरमा मेयरसँग काम गर्न सक्ने अवस्था नभएपछि समयावधि नपुग्दै आफ्नो सरुवा गराएको अर्यालको आरोप छ । यसका बाबजुद आफ्नो १० महिने कार्यकालमा नागरिकको सेवामा कुनै कसर बाँकी नराखेको उनको दाबी छ ।
जिल्ला प्रशासन कार्यालयमा सेवामा सहजताका लागि स्थानीय भाषामा सूचनादेखि लिएर अन्य हेल्प डेस्कहरू स्थापना गरी सेवा प्रवाह गरेको उनी बताउँछन् । ‘भारतबाट नेपाल प्रवेश गर्ने भारतीयहरूलाई जाँचको बहानामा विभिन्न ठाउँमा हुने झमेलाबाट रोक्न आफ्नो योजना थियो, एकीकृत सुरक्षा प्रणाली स्थापना गरेर त्यो पूरा गर्न सकिनँ,’ उनले भने ।
उनका अनुसार वीरगन्ज भन्सारको कार्यालयका कारण त्यो सिस्टम लागु गर्न नसकिएको उनको दाबी छ । गतको कार्तिकको दोस्रो साता अर्यालको पर्सा जिल्लामा सरुवा भएर आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण