आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

भारत–चीनको दादागिरीले नेपालको पर्यटन फस्टाउन सकेन : थापा

शुक्रबार, ०६ भदौ २०८२, १८ : २८
शुक्रबार, ०६ भदौ २०८२

काठमाडौँ । अमेरिकामा व्यापार व्यवसाय गर्दै आएका सविन्द्र थापाले भारत र चीनको दबाबका कारण नेपालको पर्यटन उद्योगले अपेक्षित प्रगति गर्न नसकेको आरोप लगाएका छन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाका टुरिजम् टास्क फोर्सका अध्यक्ष समेत रहेका उनले पर्यटनको विकास र प्रवर्द्धनमै समृद्धि सम्भव भएपनि भू–राजनीतिक कारणले नेपालले त्यसको लाभ लिन नसकेको बताए । 

उनले भने, ’आज संसारको शीर्ष पर्यटकीय गन्तव्य दुबई बन्न सक्छ भने हामीसँग सगरमाथा र लुम्बिनी जस्ता विश्व प्रसिद्ध स्थल हुँदाहुँदै पनि पर्यटन किन बढ्न सकेन? भारतले रुट नदिँदा हाम्रा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमै समस्या भइरहेको छ। यसमा सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्छ ।’

लिम्पियाधुरालाई वास्तविक त्रिदेशीय बिन्दु मान्दा पनि भारतले ५६ किलोमिटर पूर्वको लिपुलेकलाई त्रिदेशीय बिन्दु दाबी गर्दै आएको थापाले स्मरण गराए। चीनले समेत भारतसँग सहमति जनाएर त्यही मार्गलाई धार्मिक पर्यटन र व्यापारिक प्रयोजनका लागि उपयोग गर्दै आएको उनको भनाइ छ ।

भारतले पिथौरागढदेखि लिपुलेकसम्म सडक निर्माण गरेपछि कैलाश–मानसरोवर यात्रामा सजिलो भएको र चीनले पनि यसलाई आफ्नो उत्पादन भारतीय बजारमा पुर्‍याउने छोटो मार्गका रूपमा उपयोग गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप