चलचित्र ‘काजी’को शुभमुहूर्त, आइतबारदेखि छायाङ्कन हुने
शुक्रबार, ०६ भदौ २०८२, २१ : २६
काठमाडौँ । लक्ष्मण रिजालको निर्देशन रहने चलचित्र ‘काजी’को शुभमुहूर्त गरिएको छ । शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो ।
आगामी आइतबारदेखि स्याङ्जाबाट छायाङ्कन सुरु हुने चलचित्रमा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहने छ ।
आरएण्डआर प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म सोसल लभस्टोरी चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गर्न लागेका हुन् ।चलचित्रका लागि स्याङ्जामा एउटा गाउँको सेट नै निर्माण गरिएको छ ।
प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रमा चिन्तनराज भण्डारीको छायाङ्कन, कालीप्रसाद बास्कोटाको गीतसङ्गीत रहेको छ । चलचित्र सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण