जुम्लाका स्थानीय तहद्वारा एक हजार बढी आयोजना कार्यान्वयन
सारांश
- जुम्लाका आठ स्थानीय तहले एक वर्षमा १,३५२ विकास निर्माण आयोजना कार्यान्वयनमा ल्याए।
- महालेखापरीक्षकको प्रतिवेदन अनुसार पातारासी गाउँपालिकाले सबैभन्दा बढी आयोजना कार्यान्वयन गर्यो।
- गुठीचौर गाउँपालिकाले २ सय ५६ र हिमा गाउँपालिकाले सबैभन्दा कम १ सय ९ वटा आयोजना सम्पन्न गरे।
जुम्ला । यहाँका आठ वटा स्थानीय तहले एक वर्षको अवधिमा करिब एक हजार ३५२ वटा विभिन्न विकास निर्माणसम्बन्धी आयोजना कार्यान्वयनमा ल्याएका छन् । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनमा यहाँका स्थानीय तहले एक हजार ३५२ वटा आयोजना कार्यान्वयनमा ल्याएका औँल्याइएको हो ।
महालेखापरीक्षकको प्रतिवेदनअनुसार सबैभन्दा बढी पातारासी गाउँपालिकाले रु पाँच लाखसम्मका एक सय ८६ वटा, रु पाँच लाखदेखि रु १० लाखसम्मका ४०, रु १० लाखदेखि रु ५० लाखसम्मका ३९ र रु ५० लाखभन्दा माथिका पाँच गरी दुई सय ७० वटा आयोजना कार्यान्वयनमा ल्याएको छ ।
गुठीचौर गाउँपालिकाले गत आर्थिक वर्षमा रु एक लाख मुनिका ४८, रु एक लाखदेखि रु दुई लाखसम्म ८८, रु दुई लाखदेखि रु पाँच लाखसम्म ६९ र रु पाँच लाखभन्दा बढीका ५१ गरी दुई सय ५६ वटा आयोजना सम्पन्न गरेको छ । सबैभन्दा कम हिमा गाउँपालिकाले एक सय नौ वटा आयोजना सम्पन्न गरेको महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण