शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बुबाको मुख हेर्ने दिन :  गोकर्णेश्वर मन्दिरमा श्रद्धालुहरूको भीड (तस्बिरहरू)
फोटो फिचर

बुबाको मुख हेर्ने दिन :  गोकर्णेश्वर मन्दिरमा श्रद्धालुहरूको भीड (तस्बिरहरू)

शनिबार, ०७ भदौ २०८२

काठमाडौँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन्।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्ष भरि प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।

bubako mukh herne din (25)

यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरेर सिदा दान दिने प्रचलन रहेको छ।

bubako mukh herne din (26)

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको  बिहानै देखि भीड लागेको छ ।

bubako mukh herne din (18)bubako mukh herne din (19)bubako mukh herne din (20)bubako mukh herne din (21)bubako mukh herne din (22)bubako mukh herne din (23)bubako mukh herne din (24)bubako mukh herne din (27)bubako mukh herne din (10)bubako mukh herne din (11)bubako mukh herne din (12)bubako mukh herne din (13)bubako mukh herne din (14)bubako mukh herne din (15)bubako mukh herne din (16)bubako mukh herne din (17)bubako mukh herne din (1)bubako mukh herne din (2)bubako mukh herne din (3)bubako mukh herne din (4)bubako mukh herne din (5)bubako mukh herne din (6)bubako mukh herne din (7)bubako mukh herne din (8)bubako mukh herne din (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया