करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
शनिबार, ०७ भदौ २०८२, १० : ४१
सारांश
- झापाको कनकाई नगरपालिका-१ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ।
- मृत्यु हुनेमा कनकाई-१ का ३७ वर्षीय पङ्कज माझी रहेका छन्।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
झापा । झापाको कनकाई नगरपालिका–१ स्थित खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कनकाई–१ का ३७ वर्षीय पङ्कज माझीको खहरे खोलामा बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण