राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउनका लागि सडक सङ्घर्षको विकल्प छैन : प्रभु साह
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउनका लागि सडक सङ्घर्षको विकल्प नभएको बताएका छन् । आजपा काठमाडौँ उपत्यका विशेष कमिटीको आज काठमाडौँको कोटेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकलाई ध्वस्त बनाउनेका विरुद्धमा हुने आन्दोलनमा सहभागिताका लागि तयार रहन आह्वान समेत गरे ।
‘अहिले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र खतरामा छ । मुलुकलाई ध्वस्त बनाउँदै आफ्नो स्वार्थ सिद्ध गर्न खोज्नेका विरुद्धमा सडक संघको विकल्प छैन । मुलुकलाई बरबाद बनाउने, ध्वस्त बनाउनेका विरुद्धमा सडक आन्दोलनमा सहभागिताका लागि म सबैमा हार्दिक आह्वान गर्दछु,’ आजपा अध्यक्ष साहले भने ।
उनले झुटो बोल्नेको सरदार नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी समेत गरे । आजपा अध्यक्ष साहले पार्टीले विगतमा नै कारबाही गरी निकालिसकेका व्यक्तिलाई हुँदै नभएको पद भन्दै ओलीले पार्टी प्रवेश गराएर झुट र भ्रमपूर्ण कुरा गर्दै प्रचार गरिरहेको बताए ।
आजपा काठमाडौँ उपत्यका विशेष कमिटीका इन्चार्ज त्रिभुवन साहको अध्यक्षतामा सम्पन्न सो बैठकमा पार्टीका सहअध्यक्ष तिलक थापामगर, उमेश कुशवाहा, धनकुमारी मगर, देवेन्द्र ठाकुर, पशाङ तामाङ, रामकेवल गुप्ता, अमर लिम्बु, रञ्जु साह, सुरेश साह, आर्या पाण्डे, देवेन्द्र ठाकुर, निरन्जन पौडेल, राम विष्ट लगायतको विशेष सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण