१५ औँ यल कप असोज २५ गतेदेखि
सारांश
- ललितपुर जिल्लास्तरीय यल कपको १५औँ संस्करण असोज २५ गतेबाट सुरु हुने भएको छ।
- प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष कुल बहादुर महर्जनले गरे, र वडाले १० लाख छुट्याएको छ।
- प्रतियोगितामा ललितपुरका विभिन्न क्लब र व्यक्तिहरूको सहभागिता रहनेछ, जसको कुल लागत ४० लाख रहेको छ।
काठमाडौँ । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सुरुवात गरिएको ललितपुर जिल्लास्तरीय यल कपको १५ औँ संस्करण असोज २५ गते बाट हुने भएको छ । ५० औँ काउन्ट डाउनको शुभारम्भ गर्दै असोज २५ गते देखि कार्तिक १ गते सम्म प्रतियोगिता हुने आयोजकले बताएका हुन् ।
काउन्ट डाउनको ललितपुर वडा नं. ७ का अध्यक्ष कुल बहादुर महर्जनले ब्यानर अनावरणका साथ कार्यालयको उद्घाटन गरेका थिए । प्रतियोगितालाई स्वच्छ र निर्विवाद सञ्चालनका लागि प्रतियोगिता निर्देशकमा सुनिल शाक्य, प्रतियोगिता रेफ्रिमा अनुपरत्न शाक्य र म्याच कन्ट्रोलमा सुमित शाक्यलाई नियुक्ति गर्नुका साथै पत्र हस्तान्तरण गरियो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष महर्जनले प्रतियोगितालाई मर्यादित र निष्पक्ष बनाउन र १४ औँ संस्करणमा वडा नं. ७ दोस्रो स्थानमा रहेकोमा यस पटक पहिलो स्थान प्राप्त गर्ने गरी तयारी गर्न निर्देशन दिँदै वडाले कार्यक्रमका लागि १० लाख छुट्ट्याएको र आवश्यक परेमा अरू आर्थिक सहयोग गर्ने बताए ।
ललितपुर जिल्लाका विभिन्न क्लब तथा व्यक्तिहरूको सहभागिता रहने प्रतियोगिताको कुल लागत ४० लाख रहेको आयोजकका दीपक कुमार ‘दान रत्न’ बज्राचार्यले जानकारी गराए ।
प्रतियोगिता ललितपुर वडा नं. ७ भिन्छेबहाल स्थित मयूरवर्ण महाविहारको ब्याडमिन्टन कोर्टमा सञ्चालन हुने आयोजकले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण