आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

बुन्डेसलिगाको पहिलो खेलमै टेन हागलाई झट्का

आइतबार, ०८ भदौ २०८२, ०७ : १७
आइतबार, ०८ भदौ २०८२

सारांश

  • बायर लेभरकुसेनका प्रशिक्षक एरिक टेन हागको बुन्डेसलिगामा हारको सुरुवात भयो।
  • लेभरकुसेन हफेनहाइमसँग १-२ गोलले पराजित भयो, जसमा क्वान्साहले गोल गरे।
  • बोरुसिया डर्टमन्डले सेन्ट पाउलीसँगको खेलमा ६ गोलको बराबरी खेल्यो।

म्युनिख । बायर लेभरकुसेनका नयाँ प्रशिक्षक एरिक टेन हागले बुन्डेसलिगामा सुरुवातमै हार ब्यहोरेका छन्। शनिबार भएको खेलमा लिभरपुलका पूर्व डिफेन्डर जरेल क्वान्साहको सुरुआती गोलले अग्रता लिए पनि लेभरकुसेन १–२ गोलले हफेनहाइमसँग पराजित भयो।

गत महिना लिभरपुलबाट ३५ मिलियन पाउण्डमा अनुबन्धित क्वान्साहले खेलको छैटौँ मिनेटमा आलेहान्द्रो ग्रिमाल्डोको फ्री-किकलाई हेड गर्दै आफ्नो बुन्डेसलिगा डेब्यूमा गोल गरेका थिए।

तर हफेनहाइमका फिसनिक अस्लानीले घरेलु गोलरक्षक मार्क फ्लेक्केनलाई नजिकैको पोस्टमा छल्याउँदै बराबरी गोल गरे। त्यसपछि अस्लानीकै पासमा टिम लेम्परले निर्णायक गोल गर्दै प्रशिक्षक क्रिश्चियन इल्जरको टोलीलाई जित दिलाए।

लेभरकुसेनले अन्त्यतिर केही अवसर पाए पनि ग्रिमाल्डोको प्रहार डिफ्लेक्ट भयो भने नाथन टेलाको शट पोस्टबाहिर गयो। गत सिजन लेभरकुसेन दोस्रो स्थानमा रहेर च्याम्पियन बायर्न म्युनिखभन्दा १३ अंकले पछि परेको थियो।

उता, बोरुसिया डर्टमन्डले आफ्नो पहिलो खेलमा सेन्ट पाउलीविरुद्ध रोमाञ्चक ६ गोलको खेलमा बराबरी खेलेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप