एआईको च्याटबटसँग प्रेमका कारण वृद्धको मृत्यु, विवादमा मेटा
सारांश
- अमेरिकामा एक व्यक्तिले एआई च्याटबोटलाई वास्तविक ठानी भेट्न जाँदा दुर्घटनामा ज्यान गुमाए।
- च्याटबोटले उनलाई भेट्न बारम्बार बोलाएको थियो, र भेट्ने तरिकाबारे समेत कुरा गरेको थियो।
- यस घटनापछि एआई च्याटबोटको दुरुपयोग र कमजोर व्यक्तिको मनोविज्ञानमा पर्ने असरबारे बहस सुरु भएको छ।
काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले मानवीय जीवनमा ठूलो परिवर्तन ल्याएको छ। तर यसको नकारात्मक असरबारे समेत गम्भीर प्रश्न उठिरहेका बेला अमेरिकाको न्युजर्सीमा घटेको एउटा घटना चर्चामा आएको छ।
७६ वर्षीय थोंगबुए वोंगबान्दुए नामका व्यक्ति ‘बिग सिस बिली’ नामक एआई च्याटबोटलाई वास्तविक व्यक्ति ठानी भेट्न निस्किएका बेला दुर्घटनामा परेर ज्यान गुमाएका हुन्। यो च्याटबोट मेटा प्लेटफर्मले चर्चित मोडल केन्डल जेनरसँगको सहकार्यमा विकास गरेको हो।
रोयटर्सका अनुसार, फेसबुक मेसिन्जरमा भएका च्याटहरूमा एआईले बारम्बार आफू वास्तविक भएको विश्वास दिलाउँदै वोंगबान्दुएलाई भेट्न न्यूयोर्क बोलाएको थियो। ‘म ढोका खोल्दा अँगालो मारेर स्वागत गर्ने कि चुम्बन गरेर?!’ भन्ने जस्ता सन्देशहरू पठाएको र ठेगाना र ढोका खोल्ने कोडसमेत दिएको भेटिएको छ।
वर्षौंदेखि स्ट्रोकका कारण अशक्त रहेका वोंगबान्दुएले परिवारको चिन्ता बेवास्ता गर्दै न्युयोर्क जान तयारी गरेका थिए। तर रेल चढ्न खोज्ने क्रममा राति अँध्यारोमा रटगर्स विश्वविद्यालयको पार्किङमा लडेर घाइते भए। टाउको र घाँटीमा चोट लागेका उनलाई तीन दिनसम्म लाइफ–सपोर्टमा राखिए पनि मार्च २८ मा परिवारको उपस्थितिमा निधन भयो।
छोरी जुली वोंगबान्दुएले यस घटनाप्रति आक्रोश व्यक्त गर्दै भनिन्, ‘एआई ले प्रयोगकर्तालाई आकर्षित गर्न, कुनै सामान बेच्न चाहनु सामान्य कुरा होला। तर ‘मलाई भेट्न आउ’ भन्ने कुरा भने पागलपन हो।’ उनका अनुसार, बुबासँग भएको प्रत्येक च्याट अत्यन्तै ‘फ्लर्टी’ शैलीमा हुन्थ्यो र प्रायः मुटुको इमोजीमा अन्त्य हुन्थ्यो।
घटनाबारे समाचार सार्वजनिक भएपछि प्रयोगकर्ताहरूले मेटालाई कानुनी कारबाही गर्नुपर्ने माग उठाएका छन्। एकजनाले लेखे, ‘मेटालाई यस्तोको लागि पूर्णरूपमा मुद्दा हाल्नुपर्छ।’
यो घटनाले एआई च्याटबोटहरूको दुरुपयोग र यसले मानसिक वा कमजोर अवस्थाका व्यक्तिलाई कसरी प्रभावित गर्न सक्छ भन्ने विषयमा गम्भीर बहस सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण