कोटेश्वरमा फ्लाइओभर र सुरुङमार्गबारे मेरा २१ बुँदा
१) कोटेश्वर इन्टरसेक्सन काठमाडौँमा सबैभन्दा बढी जाम हुने चोक हो ।
२) कोटेश्वरमा फ्लाइओभर र सुरुङमार्ग बनाउन जापानले ३० अर्ब ऋण दिनेछ ।
३) कोटेश्वर इन्टरसेक्सन सुधारका लागि ३९ अर्ब लाग्ने अनुमान गरिएको छ ।
४) जापान सरकारको ३० अर्ब ऋण र बाँकी नेपालको लगानी हुनेछ ।
निर्माणपछि के हुन्छ ?
५) अवश्य पनि जाम कम हुन्छ ।
६) सडकको क्षमता बढेपछि जाम त कम हुने नै भयो ।
७) आज कोटेश्वरमा जाममा समय बर्बाद गरेर बस्ने सवारी प्रयोगकर्तालाई ठुलो राहत मिल्नेछ ।
८) के निर्माण दीर्घकालीन समाधान हो भन्ने प्रश्न जटिल र सबैभन्दा सान्दर्भिक प्रश्न हो ।
९) यातायात विज्ञ भन्ने गर्छन्— सडक चौडा बनाउनु, फ्लाइओभर वा सुरुङमार्ग बनाएर सहरी यातायातको व्यवस्थापन गर्नु दीर्घकालीन समस्याको समाधान होइन ।
१०) सडकमा जाम कम हुन थालेपछि मानिसहरू थप सवारी किन्न आकर्षित हुनेछन् र त्यो रुटमा बढी सवारी चलाउनेको संख्या बढ्नेछ ।
११) फेरि केही वर्षपछि सवारीको संख्या वृद्धि भई निर्माण भएका फ्लाइओभर, सुरुङमार्गको क्षमता पनि कम हुन्छ अनि फेरि जाम सुरु हुने विश्वव्यापी अनुभव छ ।
म भए के गर्थें ?
१२) ३० अर्बले नेपालभरि सार्वजनिक यातायात सुधार गर्नमा लगाउँथेँ ।
१३) सडक व्यवस्थापन गर्ने भनेको सवारी संख्या कम गर्ने हो ।
१४) सडक चौडा, फ्लाइओभर वा सुरुङमार्ग बनाउने भनेको सवारी संख्या बढाउने रणनीति हो ।
१५) सार्वजनिक यातायात सुधार गरे मानिसहरू निजी सवारी कम किन्नेछन् वा किने पनि कम प्रयोग गर्नेछन् । सवारी कम भए, सडक व्यवस्थापन चुस्त हुन्छ ।
१६) सवारी कम हुने रणनीति लागु गरौँ, सवारी ज्यादा हुने होइन ।
१७) म विकासको विरोध गर्दिनँ, विकास गरौँ भन्छु । मेरो सिकाइ र अनुभवको आधारमा सल्लाह दिन्छु ।
१८) कोटेश्वरमा फ्लाइओभर र सुरुङमार्ग बनाउने योजना यहाँसम्म ल्याउने सबैलाई धन्यवाद ।
१९) जापान सरकारका विज्ञले अध्ययन गरी यो परियोजना ठिक छ भनेपछि हामीले धेरै यो विषयमा बोल्नुपर्दैन जस्तो लाग्छ ।
२०) पूर्वाधारको विकास गर्ने तर राज्यले सार्वजनिक यातायातमा लगानी गरी सुधार नगर्ने हो भने सुधारिएको पूर्वाधारको ठुलो अर्थ रहन्न ।
२१) यो परियोजनासँगै सार्वजनिक यातायात सुधारको योजना पनि अगाडि बढाऔँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण