भारतले जर्मनीबाट ७० हजार करोडमा ६ वटा पनडुब्बी किन्ने
सारांश
- भारत सरकारले वायुसेना र नौसेनाको शक्ति बढाउन दुई ठुला सम्झौता गर्ने भएको छ।
- पहिलो सम्झौता अन्तर्गत, जर्मनीबाट ६ वटा पनडुब्बी खरिदका लागि वार्ता सुरु हुनेछ, जसको लागत ७० हजार करोड भारु हुनेछ।
- सरकारले इजरायली र्याम्पेज मिसाइलहरूको ठुलो खेप किन्न लागेको छ, जसलाई फास्ट-ट्र्याक प्रक्रियाबाट खरिद गरिनेछ।
नयाँ दिल्ली । भारत सरकारले वायुसेना र नौसेनाको शक्ति बढाउन दुई ठुला सम्झौता गर्ने भएको छ। पहिलो सम्झौतामा रक्षा मन्त्रालय र माजागन डकयार्ड्स लिमिटेड (एमडीएल) ले जर्मनीबाट ६ वटा पनडुब्बी किन्ने भएका छन्।
सरकारले ‘प्रोजेक्ट ७५ इन्डिया’ अन्तर्गत भारतमा बनाइने यी पनडुब्बीहरू खरिदका लागि वार्ता सुरु गर्न स्वीकृति दिएको हो। यो सम्झौता ७० हजार करोड भारतीय रुपैयाँमा हुने बताइएको छ।
यसैबिच, भारत सरकारले इजरायली र्याम्पेज एयर-टु-ग्राउन्ड मिसाइलहरूको ठुलो खेप किन्न लागेको छ। स्रोतका अनुसार, यो आदेश चाँडै नै फास्ट-ट्र्याक प्रक्रिया अन्तर्गत दिइनेछ। यसअघि, पाकिस्तानको मुरिदके र बहावलपुरमा रहेको आतंकवादी मुख्यालयमा सटीक आक्रमणमा र्याम्पेज मिसाइलहरू प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
रक्षा मन्त्रालयले जनवरीमा जर्मन कम्पनी थाइसेनक्रुप मरिन सिस्टम्ससँग मिलेर एयर इन्डिपेन्डेन्ट प्रोपल्सन सिस्टम भएका छ वटा पनडुब्बीहरू निर्माण गर्न माजागन डकयार्डस्लाई आफ्नो साझेदारको रूपमा छनोट गरेको थियो। रक्षा अधिकारीहरूले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार रक्षा मन्त्रालय र एमडीएल बिच यस महिनाको अन्त्यसम्ममा प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।
रक्षा मन्त्रालय र भारतीय नौसेना आगामी ६ महिनामा सम्झौता वार्ता पूरा गर्ने र अन्तिम स्वीकृति पाउने आशामा छन्। रक्षा मन्त्रालयको उद्देश्य देशमा परम्परागत पनडुब्बीहरूको डिजाइन र निर्माणको लागि स्वदेशी क्षमता विकास गर्नु हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना सेमिफाइलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण