एमसीसीसँग सैन्य रणनीति जोडिएको छ कि छैन भन्ने विषयमा गम्भीर निगरानी गर्नुपर्छ : देव गुरुङ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सैन्य रणनीति जोडिएको छ कि छैन भन्ने विषयमा गम्भीर निगरानी गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो बताएका हुन् । हालसम्म परियोजना कार्यान्वयनका क्रममा जग्गा अधिग्रहणलगायतका पक्षमा सैन्य योजनासँग प्रत्यक्ष सम्बन्ध नदेखिएको भएपनि भविष्यमा त्यस्तो सम्बन्ध पुष्टि भएको खण्डमा सरकारले तत्काल त्यसलाई खारेज गर्ने तयारीका साथ सजकता अपनाउनुपर्नेमा उनले जोड दिए ।
उनले एमसीसीलाई विकास परियोजना र आर्थिक सहयोगको दृष्टिले हेर्दा सकारात्मक भएको पनि टिप्पणी गरे । उनले आर्थिक सहायमार्फत प्राप्त सहयोगले नेपालको कृषि, औद्योगिक अर्थतन्त्र र राष्ट्रिय पूँजी निर्माणमा टेवा पुर्याउन सक्ने वा नसक्ने विषय निर्क्योल गरेर मात्र निर्णय गर्नुपर्ने आवश्यकता समेत औँल्याए ।
उनले भने,‘नेपाल सकारको तर्फबाट एमसीसी सैन्य योजनासँग जोडिएको छ कि छैन भन्ने कुराको गम्भीर निगरानी गर्नुपर्छ । यद्यपि अहिलेसम्म परियोजना कार्यान्वयनका लागि जग्गा अधिग्रहण लगायतका विषयमा सैन्य रणनीतिसँग जोडिएको देखिएको छैन । तर पनि हामीले हेर्न जरुरी छ भन्ने लाग्छ । कुनै पनि समयमा सैन्य रणनीतिसँग जोडिएको पुष्टि भएको खण्डमा यसलाई खारेज गर्नको लागि नेपाल सरकार तत्पर रहनुपर्छ भन्ने मानसिकताका साथ हामीले सजकता अपनाउनु पर्छ । विकास परियोजनाको रूपमा बाट हेर्दा आर्थिक सहायता लिन नसकिने त होइन । तर यसरी सहायता लिँदा नेपाल सरकारले कृषि अर्थतन्त्र, औद्योगिक अर्थतन्त्र र राष्ट्रिय पुँजी निर्माण गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा हेर्न जरुरी छ ।’
राष्ट्रिय पुँजी निर्माणलाई कुण्ठित गर्ने आर्थिक सहायता लिन नहुने महासचिव गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण