बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

‘पलक मुचाल’ लाइभ इन नेपाल आयोजना हुने

आइतबार, ०८ भदौ २०८२, १४ : ५४
आइतबार, ०८ भदौ २०८२

सारांश

  • बलिउड गायिका पलक मुचालले पहिलो पटक काठमाडौंको भृकुटीमण्डपमा कन्सर्ट गर्दैछिन्।
  • कन्सर्टमा पलकले सनम तेरी कसम, लापता, बाते ये कभी नाजस्ता लोकप्रिय गीत प्रस्तुत गर्नेछिन्।
  • कोरियाली गायिका सेलिन्डी मटाहारी र नेपाली कलाकारहरूको पनि प्रस्तुति रहनेछ।

काठमाडौँ । बलिउडकी चर्चित गायिका पलक मुचालले पहिलोपटक नेपालमा प्रत्यक्ष प्रस्तुति दिने कार्यक्रम तय भएको छ। आउँदो सेप्टेम्बर १९ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘पलक मुचाल लाइभ इन नेपाल’ कन्सर्टमा पलकले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछिन्।

उनका सनम तेरी कसम, लापता, बाते ये कभी नाजस्ता गीत लोकप्रिय छन् । कार्यक्रमको प्रस्तुति वर्ल्डवाइ फिल्म्स नेटवर्क प्रा.लि.ले गर्नेछ भने व्यवस्थापन मनु मिडिया प्रा.लि.ले गर्नेछ।

यस कार्यक्रममा कोरियाली गायिका सेलिन्डी मटाहारीले पनि आफ्नो प्रस्तुति दिनेछिन्। उनी कोरियालीसहित १५ भन्दा बढी भाषामा गीत गाउन सक्ने क्षमता भएकी कलाकार हुन् र अन्तर्राष्ट्रिय रूपमा चर्चित छिन्।

आयोजक संस्था अध्यक्ष देव मगर र इभेन्ट म्यानेजर मनिष कार्कीले नोरा फतेहीको कन्सर्टबाट प्राप्त अनुभवलाई यसपटक अझ प्रभावकारी तरिकाले प्रयोग गरिने बताए । साथै, नेपाली कलाकारहरूको पनि उत्कृष्ट प्रस्तुति रहनेछ।

टिकटको विवरण र अन्य जानकारी चाँडै सार्वजनिक गरिने आयोजक संस्थाले जनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप