युक्रेनले आणविक स्थलमा आक्रमण गरेको रुसको आरोप
सारांश
- रुसले युक्रेनले आणविक स्थलमा आक्रमण गरेको आरोप लगाएको छ।
- कुरस्क आणविक ऊर्जा केन्द्रमा आगो लागेको र निभाइएको रुसी अधिकारीहरुले बताएका छन्।
- युक्रेनले घटनाबारे केही प्रतिक्रिया दिएको छैन।
मस्को । युक्रेनले आफ्नो आणविक स्थलमा आक्रमण गरेको रुसले आरोप लगाएको छ । रुसको पश्चिमी कुर्स्कमा रहेको आणविक ऊर्जा केन्द्रमा आगो लागेको अनि यो आगो निभाइएको रुसी अधिकारीहरूले बताएका छन् । आफ्नो वायु रक्षा प्रणालीले युक्रेनी ड्रोनलाई खसालेको समेत उनीहरूको भनाइ छ ।
‘ड्रोन खस्दा विस्फोट भयो र ट्रान्सफर्मरमा क्षति पुग्यो, तर विकिरणको स्तर सामान्य थियो र कुनै हताहत भएको थिएन’ मेसेजिङ एप टेलिग्राममा रहेको प्लान्टको सामाजिक सञ्जाल खाताबाट गरिएको पोस्टमा भनिएको छ ।
अगस्ट २४ मा युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदै गर्दा यो घटना भएको हो । सन् १९९१ मा सोभियत सङ्घबाट युक्रेन स्वतन्त्र भएको अवसर पारेर यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले युद्धको समयमा आणविक प्रतिष्ठानहरू वरिपरि अधिकतम संयम अपनाउन रुस र युक्रेन दुवैलाई बारम्बार आह्वान गरेको छ ।
कुर्स्कमा आणविक स्थलमा आक्रमण गरेको भनेर रुसले लगाएको आरोपमा युक्रेनले केही पनि भनेको छैन । यो त्यही क्षेत्र हो जहाँ युक्रेनी सेनाले गत वर्ष रुसीहरू विरुद्ध अप्रत्याशित सैन्य आक्रमण सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण