रोजर फेडरर बने दोस्रो अर्बपति टेनिस खेलाडी
आइतबार, ०८ भदौ २०८२, १५ : १३
एजेन्सी । टेनिस आइकन रोजर फेडरर दोस्रो अर्बपति टेनिस खेलाडी बनेका छन् ।
फोर्ब्सले शुक्रबार सार्वजनिक गरेको सूचीअनुसार फेडरर इतिहासका सातौं अर्बपति खेलाडी हुन् । उनले सन् २०२२ मै टेनिसबाट संन्यास लिएका थिए । उनको नेटवर्थ अहिले १ अर्ब १० करोड डलरको बताइएको छ । स्वीस जुत्ता तथा लत्ताकपडा ब्रान्ड अनमा थोरै सेयर किनेपछि उनको सम्पत्ति बढेको हो ।
नोभाक जोकोभिक र राफेल नडालको तुलनामा पुरस्कारबापत पाइने नगदराशि कम पाए पनि फेडरर लगातार १६ वर्षसम्म टेनिसमा सबैभन्दा धेरै कमाउने खेलाडी रहेका थिए ।
सन् २०२० मा कर भुक्तानीअघिको उनको कमाइ १० करोड ६३ लाख थियो । यो विश्वका कुनै पनि खेलाडीले कमाएको सबैभन्दा धेरै रकम थियो । १९७० को फ्रेन्च ओपन मेन्ज डबल च्याम्पियनसिप जितेका आयोन तेरियाक भने टेनिसका पहिलो अर्बपति खेलाडी हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण