बैंकिङ प्रणालीमा निक्षेप १२.६ प्रतिशतले बढ्यो, निजी क्षेत्रको कर्जा विस्तार ८.४ प्रतिशत
सारांश
- आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप १२.६ प्रतिशतले वृद्धि भएको छ।
- चल्ती, बचत र मुद्दती निक्षेपको अंश बढेको छ भने संस्थागत निक्षेपको अंश घटेको छ।
- निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ।
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.६ प्रतिशतले (८११ अर्ब ४९ करोड) वृद्धि भएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।
अघिल्लो वर्ष यो वृद्धि दर १३ प्रतिशत (७४२ अर्ब ३७ करोड) थियो ।२०८२ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती खाताको अंश ७.१ प्रतिशत, बचत खाताको अंश ३६.८ प्रतिशत र मुद्दती निक्षेपको अंश ४८.३ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्ष यस्ता अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत रहेका थिए । प्रतिवेदनअनुसार सो अवधिमा संस्थागत निक्षेपको अंश ३६.१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ३६.२ प्रतिशतभन्दा अलि घटेको हो ।
यसैबिच, निजी क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा ८.४ प्रतिशतले (४२३ अर्ब ७३ करोड) बढेको छ । अघिल्लो वर्ष यो वृद्धि ५.८ प्रतिशत (२७६ अर्ब ९४ करोड) थियो ।
निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.२ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । अघिल्लो वर्ष यस्ता अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण