काठमाडौँ उपत्यका विकास प्राधिकरणमा लफडा : घनश्याम पौडेललाई २४ घण्टाभित्र रमाना लिन आयुक्तको निर्देशन
सारांश
- काठमाडौँ उपत्यका विकास प्राधिकरणकी आयुक्त जानुका ढकालले कानुन अधिकृत घनश्याम पौडेललाई २४ घण्टाभित्र रमाना लिन निर्देशन दिइन्।
- आयुक्त ढकाल र जिल्ला आयुक्त बस्नेतबीच द्वन्द्व चलिरहेको छ, जसले अवैध प्लटिङ रोक्न खोज्दा अवरोध भएको बताइएको छ।
- कानुन अधिकृत पौडेललाई यसअघि ढकालले सरुवा गर्न खोजेकी थिइन्, तर उनले आफूलाई सरुवा गर्ने अधिकार नभएको भन्दै मानेका थिएनन्।
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका काठमाडौँ जिल्ला आयुक्त जानुका ढकालले प्राधिकरणका कानुन अधिकृत घनश्याम पौडेललाई २४ घण्टाभित्र रमाना लिन निर्देशन दिएकी छिन् । प्राधिकरणका जिल्ला आयुक्त सुवास बस्नेतले गरेको पत्रकार सम्मेलनमा उपस्थित भएपछि ढकालले पौडेललाई आइतबार यस्तो निर्देशन दिएकी हुन् ।
अहिले प्राधिकरणका विकास आयुक्त ढकाल र जिल्ला आयुक्त बस्नेतबिच द्वन्द्वको अवस्था छ । बस्नेतले अवैध प्लटिङका जग्गा धमाधम रोक्का गर्न थालेको र त्यसमा ढकालले अवरोध गर्न खोजेको बस्नेत पक्षको भनाइ छ । अहिले काठमाडौँ जिल्ला आयुक्त कार्यालयले अहिले काठमाडौँका ९२ ठाउँमा अवैध प्लटिङ रोक्का गरेको छ ।
कानुन अधिकृत पौडेललाई यसअघि नै ढकालले भेल्पा आयोजनाका आयोजना प्रमुखमा सरुवा गरेकी थिइन् । तर आफूलाई सरुवा गर्ने अधिकार ढकालसँग नभएको भन्दै उनी सरुवा भएर जान मानेका थिएनन् ।
आफू प्राधिकरणको पुनरावेदन समितिका रजिस्टार र सञ्चालक समितिका बोर्ड सचिव पनि हुन् । उक्त पद उच्च अदालतको रजिस्टार सरहको भएकोले विकास आयुक्तले सरुवा गर्न नमिल्ने उनको दाबी रहँदै आएको छ । सोही कारण उनी भेल्पा जान मानेका थिएनन् ।
प्राधिकरण अन्तर्गत हाल १० वटा कार्यालय छन् । त्यसमध्ये भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजना एउटा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण