सूर्यदर्शन सहकारी ठगी : जीबी राईका जेठान १० लाख धरौटीमा रिहा
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपी ज्ञानबहादुर बमजन १० लाख धरौटीमा रिहा भएका छन् । आइतबा। न्यायाधीश शंकरकुमार राईको इजलासले उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बमजन सहकारीका पूर्वअध्यक्ष हुन् भने ठगीका प्रमुख योजनाकार गीतेन्द्रबाबु राई (जीबी) का जेठान हुन् । सूर्यदर्शन सहकारीको करिब डेढ अर्ब रुपैयाँ हिनामिना भएको रिपोर्ट प्रहरीले निकालेको थियो ।
सोही सहकारी ठगी प्रकरणमा ठगी अन्तर्गत ३१ जना, सङ्गठित अपराधमा १९ जना र सम्पत्ति शुद्धीकरणमा ५ जनालाई प्रतिवादी बनाइएको छ । मुख्य अभियुक्त जीबी राई अझै फरार छन् भने रास्वपा सभापति समेत रहेका रवि लामिछाने सहित केहीलाई धरौटीमा रिहा गरिएको छ ।
केही अभियुक्त भने पुर्पक्षका लागि कारागार चलान भएका छन् । अध्यक्ष रहँदा बमजनले १ करोड ५४ लाख ४९ हजार रुपैयाँ अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । यद्यपि, उनले अदालतमा बयान दिँदै आफू निर्दोष रहेको दाबी गरेका छन् ।
अदालतले मागेको धरौटी आइतबार नै बुझाएर बमजन धरौटी तारेखमा छुटेको कास्की अदालतका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए । मुद्दा परेपछि बमजन फरार रहेकोमा आइतबार नै जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए ।
बमजन सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग छ । सहकारीबाट अपचलन भएको कुल रकम १ अर्ब ५१ करोड रुपैयाँको संयुक्त अभियोग पनि बमजनमाथि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण