ला लिगा
रियल सोसिडाड र एस्पानियोल २-२ को बराबरीमा रोकिए
सोमबार, ०९ भदौ २०८२, ०२ : १४
सारांश
- रियल सोसिडाड र एस्पानियोल बीचको खेल २-२ को बराबरीमा टुंगियो।
- एस्पानियोलले सुरुमा २-० को अग्रता लिए पनि जोगाउन सकेन।
- रियल सोसिडाडका लागि बार्रेनेट्सिया र ओस्कार्सनले गोल गरे।
काठमाडौँ । स्पेनिस लिग ला लागि अन्र्तगत आइतबारको खेलमा रियल सोसिडाड र एस्पानियोल २-२ को बराबरीमा रोकिएका छन्।
पहिलो हाफ अग्रता लिएको एस्पानियोलले आग्रता कायम राख्न नसक्दा बारबारीमा चित्त बुझाएको हो ।
खेलको १०औँ मिनेटमै एस्पानियोलका पेरे मिल्लाले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफको अतिरिक्त समयमा जाभी पुडोले पेनाल्टीमार्फत अर्को गोल गर्दै एस्पानियोललाई २–० को अग्रता दिलाए।
तर, दोस्रो हाफमा रियल सोसिडाडले खेलमा फर्किने प्रयास गर्यो। ६१औँ मिनेटमा आनडर बार्रेनेट्सियाले पहिलो गोल गरे भने ६९औँ मिनेटमा ओर्री ओस्कार्सनले बराबरी गोल गरे। बाँकी समय दुवै टोलीबाट गोल हुन नसक्दा खेल २-२ मै समाप्त भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण