मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रुस–युक्रेनबिच फेरि युद्धबन्दी आदानप्रदान

सोमबार, ०९ भदौ २०८२, ०६ : ०९
सोमबार, ०९ भदौ २०८२

सारांश

  • रुस र युक्रेनले संयुक्त अरब इमिरेट्सको मध्यस्थतामा १४६-१४६ जना युद्धबन्दी साटासाट गरे।
  • यस वर्ष मात्रै सयौँ युद्धबन्दीहरू विभिन्न चरणमा साटासाट भइसकेका छन्।
  • रुसले युक्रेनमाथि कुर्स्क आणविक विद्युत् गृहमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ।
00:00 / NaN:NaN
Audio By AI

मस्को । रुस र युक्रेनले संयुक्त अरब इमिरेट्सको मध्यस्थतामा फेरि १४६–१४६ जना युद्धबन्दी साटासाट गरेका छन्।

रुसी रक्षा मन्त्रालयले आइतबार टेलिग्राममार्फत जानकारी दिँदै भन्यो, ‘अगस्ट २४ मा, १४६ रुसी सैनिकहरूलाई युक्रेन नियन्त्रण क्षेत्रबाट फर्काइयो। यसको बदलामा १४६ युक्रेनी सशस्त्र फौजका युद्धबन्दीहरूलाई युक्रेन पठाइयो।’ मुक्त भएका रुसी बन्दीहरू अहिले बेलारुसमा मनोवैज्ञानिक र चिकित्सकीय उपचार गराइरहेका छन्।

यो वर्ष मात्रै सयौँ युद्धबन्दीहरू विभिन्न चरणमा साटासाट भइसकेका छन्। इस्तानबुलमा मेदेखि जुलाईसम्म भएको तीन चरणको वार्ताबाट यही कैदी आदानप्रदान नै सबैभन्दा ठोस परिणाम बनेको थियो।

रुसले युक्रेनले अवैध रूपमा नियन्त्रणमा राखेका आफ्नो कुर्स्क क्षेत्रका ८ नागरिकलाई पनि यस पटक मुक्त गरिएको जनाएको छ।

यसैबिच, रुसले आइतबार युक्रेनमाथि कुर्स्क आणविक विद्युत् गृहमा राति ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। उक्त आक्रमणका कारण आगलागी भएको र एक सहायक ट्रान्सफर्मर क्षतिग्रस्त भएको रुसी अधिकारीहरूले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप