कांग्रेसभित्र अन्योल, राज्य व्यवस्था समितिको सभापति चयनमा ढिलाइ
सारांश
- आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको सूचना प्रकाशन हुन सकेन।
- सभामुख र कांग्रेसका प्रमुख सचेतकबीच छलफल भए पनि कांग्रेसले आन्तरिक छलफलका लागि आग्रह गर्यो।
- कांग्रेसले आज बिहान पदाधिकारी बैठकबाट टुंगो लगाउने प्रतिबद्धता जनाएपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनको सूचना आइतबार दिनभर प्रयास गरे पनि प्रकाशन हुन सकेन।
सभामुखको सचिवालयका अनुसार अन्य दलको दाबी नरहेको अवस्थामा सभामुखले नेपाली कांग्रेसका प्रमुख सचेतकसँग दुई पटक छलफल गरेका थिए । तर, आन्तरिक छलफल आवश्यक रहेको भन्दै प्रमुख सचेतकले सूचना रोकिदिन आग्रह गरेका थिए ।
सचिवालयका अनुसार कांग्रेसले आज बिहान पदाधिकारी बैठकमार्फत अन्तिम टुंगो लगाउने प्रतिबद्धता जनाएको छ। सभामुखले भने आज बिहानै सूचना जारी गर्नैपर्ने नियमावलीको बाध्यात्मक व्यवस्था रहेको स्मरण गराएका छन्।
सभामुखको भनाई उद्धृत गर्दै सचिवालयले भन्यो, 'विगतमा पनि तोकिएको समयमा सभापति चयन हुन नसक्दा राज्य व्यवस्थाको बैठक बस्नै नसक्ने गलत नजिर बनेको थियो, त्यसलाई दोहोरिन दिइँदैन।'
आजै बिहान कांग्रेसले निर्णय गरेपछि नियमअनुसार सभापति निर्वाचनको प्रक्रिया अघि बढाइने सचिवालयले स्पष्ट पारेको छ । गत साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण