पर्वतारोहण सङ्घका नवनिर्वाचित पदाधिकारीलाई देउवाले दिए बधाई
सोमबार, ०९ भदौ २०८२, १२ : २८
सारांश
- शेरबहादुर देउवाले नेपाल पर्वतारोहण संघको नयाँ कार्यसमितिलाई बधाई दिए।
- देउवाले बुढानीलकण्ठमा बोलाएर निर्वाचित पदाधिकारीलाई खादा ओढाए।
- फुरगेल्जे शेर्पा संघको अध्यक्षमा निर्वाचित भएका थिए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल पर्वतारोहण सङ्घमा निर्वाचित नयाँ कार्यसमितिलाई बधाई एवं शुभकामना दिएका छन् । सोमबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर देउवाले सङ्घका नव निर्वाचित पदाधिकारीलाई खादा ओढाएर बधाई दिएका हुन् ।
भदौ ७ र ८ गते सङ्घको महाधिवेशनबाट अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित भएका थिए । सङ्घको वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र लामा विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण